आफ्नै घरमा चोरी गर्ने दुई जना पक्राउ

५ बर्ष अगाडि

सल्यानमा आफ्नै घरमा चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।आफ्नै घरमाचोरी गरेको आरोपमा दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमादार्मा गाउँपालिका २ मेलटाकुरीका २८ वर्षीय लालबहादुर सुनार, बनगाड कुपिण्डे नगरपालिका ५ को २७वर्षीय मेघराज साहु र चोरीका गरगहनाकिन्ने सिद्ध कुमाखगाउँपालिका ३ ढोरचौरमा सुन पसलगर्दै आइरहेका ३० वर्षीय विर बहादुर विक रहेको जिल्लाप्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सुनारले ६ आनाका सुन कानमा लगाउने बाली, १५ हजार रुपैयाँ बराबरको मोबाइल र साहुले एक तोला सुनको सिक्री, एक तोलाकै सुनको बाला, नागरिकताको प्रमाण पत्र र लत्ताकपडा चोरी गरेकोहृन्  ।उनिहरुले मादकपदार्थ सेवनगर्न परिवारले पैसा नदिए पछि आफ्नै घरमाचोरी गरेको बयानदिएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया