सार्वजनिक नेपाल यातायातका बसमा क्यूआर कोड स्क्यान गरि भाडा तिर्न सकिने भएको छ ।
मुक्तिनाथ विकास बैंकको सहयोगमा नेपाल यातायातले क्यूआर कोडबाट बस भाडा तिर्न मिल्ने सुविधा ल्याइएको हो ।
काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी मंगलबारबाट क्यूआर कोड सेवा सुरु गरेको छ ।यातायात क्षेत्रमा क्यूआर मार्फत भुक्तानी सुरु गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाइने, नोटको हिफाजतमा वृद्धि हुने साथै कोरोना संक्रबाटबाट बच्नसमेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया