प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भू-बनोटमा हुर्कन पाएकाले दुनियाँलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको बताएका छन् । 'प्रधानमन्त्रीसँग खेलकुद’ कार्यक्रममा बोल्दै ओलीले नेपालको भूबनोटका कारण नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पारिरहेको बताएका हुन् ।
इतिहाँसमा कहिल्यै नहारेको नेपाल खेलकुदमा हार्ने कुरै नहुने भन्दै उनले भने ,‘राष्ट्रिय युद्ध जितेका, इतिहासमा कसैले पराजित गर्न नसकेका हामी भकुण्डो खेल्ने र बल फ्याँक्ने खेलमा के हार्थ्यौ ?’, ओलीले भने,’हाम्रो भूगोल यस्तो छ की त्यस्तो ठाउँमा दौडिएको फोक्सो निकै बलियो छ, मुटुलाई धड्किन बानी परेको छ। हाम्रा मसलहरु बलिया छन्। प्रकृतिले हामीलाई दिएका यी असाधारण कुरा हुन् जससँग बाँकी दुनियाँलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। ‘
उनले कास्य र रजत पदक अरुलाई दिएर स्वर्ण मात्र लिने गरि तयारी गर्न निर्देशन दिए। उनले खेलाडी छनोटमा विभेद नगर्न पनि निर्देशन दिए। ‘खेलाडीको सम्भावना हेरेर उसलाई छनोट गरि तयारी गर्नुपर्छ। मलाई पोल जम्पका लागि छनोट गरेर हुन्छ ?’, प्रधानमन्त्रीले भने। ओलीले खेलमा जित हारको ठूलो महत्व हुने बताए।
नेपालीलाई जित्ने बानी परेकाले आफुले प्रतिनिधी सभा विघटन गरेर चुनाव समेत आइसकेको समयमा एउटा समूह अझै उक्त निर्णय खारेज गरेर जितको अभिलाषा पुरा गर्ने प्रयाशमा रहेको उनले बताए।
प्रतिक्रिया