काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई भेट्न खानेपानी मन्त्री मणि थापा ललितपुरको नख्खु जेलमा पुगेका छन् ।
मंगलबार बिहान थापा नख्खु पुगेर वलीसँग केही समय भेट गरेका थिए।
करिब दुई वर्षअघि नख्खुस्थित एनसेलको कार्यालयअघि विप्लव समूहले गराएको विस्फोटमा संलग्न रहेको आरोपमा वली पक्राउ परेका थिए ।
विप्लव समूहलाई सरकारले आतङ्ककारी समूह घोषणा गरेको थियो। राजनीतिक उथलपुथलबीच थापाले ओलीसँग गरेको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ।
प्रतिक्रिया