काठमाडौं - चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुले रु. ३६ खर्ब ६७ अर्ब ७५ करोड ७९ लाख बराबरको निक्षेप संकलन गरेका छन् ।
हाल नेपालमा २७ वटा वाणिज्य बैंक रहेका छन् । उक्त बैंकहरुले पुससम्ममा सो बराबरको निक्षेप रकम संकलन गरेको हुन् । बैैकहरुले हालै सार्वजनिक गरेका दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।
२७ वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलनको मामलामा एनआईसी एसिया बैंक उच्च स्थानमा रहेको छ । बैंकले चालु आवको पुसमसान्त सम्म रु. २ खर्ब ६८ अर्ब १० करोड ५३ लाख बराबरको निक्षेप संकलन गरेको छ । बैकले चालु आवको पहिलो त्रैमाससम्म रु. २ खर्ब ३१ अर्ब ३३ करोड ४१ लाख बराबरको निक्षेप संकलन गरेको थियो । जुन दोस्रो त्रैमाससम्म रु. ३६ अर्ब ७७ करोड १२ लाख बढेको हो ।
यस्तै, निक्षेप संकलनको मामलामा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले रु. २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख बराबरको निक्षेप संकलन गरेको छ । चालु आवको पहिलो त्रैमासम्म राष्ट्रिय वाणिज्य बैैंकले सबैभन्दा बढी निक्षेप संकलन गरेर अग्रह स्थानमा रहेको थियो । बैंकले चालु आवको असोज मसान्त सम्म रु. २ खर्ब ३८ अर्ब ९८ करोड ३१ लाख बराबरको निक्षेप संकलन गरेको थियो ।
यसैगरी समीक्षा अवधीसम्म ग्लोबल आईएमी बैंकले रु २ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख बराबरको निक्षेप संकलन गरी तेस्रो स्थानमा रहेको छ भने नबिल बैंकले रु. २ खर्ब १४ करोड ९४ लाख बराबरको निक्षेप संकलन गरी चौथो स्थानमा रहेको छ ।
यस्तै यसबाहेक १६ वटा वाणिज्य बैंकले चालु आवको पुसमसान्तसम्म रु. १ खर्ब भन्दा बढी तर २ खर्ब कमको मात्रामा निक्षेप संकलन गरेका छन् । यसैगरि ७ वाणिज्य बैकको निक्षेप भने १ खर्बभन्दा कम रहेको छ ।
कुन बैंकसँग कति निक्षेप–
प्रतिक्रिया