इन्फिनिटी लघुवित्तको नाफा पनि बढ्यो, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ६ करोड ४९ लाख ५७ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले ३ करोड १८ लाख ३ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ७८ करोड ३४ लाख ९२ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ३ अर्ब ३ करोड २० लाख २१ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १८ करोड १६ लाख २९ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १० करोड ८८ लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २६ करोड ६ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १० करोड ७१ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ४९.८४ रहेको छ । यसैगरि  प्रतिशेयर नेटवर्थ १४१.११, तरलता अनुपात ४.१३ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १२३४.७८ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया