साधाना लघुवित्तको नाफामा उच्च बृद्धि, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं – साधाना लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. ३ करोड ५० लाख ९५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो ।  गत आवको सोही अवधीमा कम्पनीले १ करोड ८९ लाख ८३ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ६४ करोड ९४ लाख १४ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. २ अर्ब ६३ करोड ८६ लाख ९५ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १५ करोड ६८ लाख ७३ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ९ करोड १९  लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. २१ करोड ७७ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. ९ करोड २९ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ३२.२३ रहेको छ । यसैगरि  प्रतिशेयर नेटवर्थ १४२.६८, तरलता अनुपात १३.२८ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५१९.०९ रहेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया