काठमाडौं – स्पर्स लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. १ करोड ३२ लाख ४२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको सोही अवधीमा कम्पनीले १ करोड ३७ लाख ३ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. २६ करोड ५५ लाख १७ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १ अर्ब २१ करोड ४८ लाख २ हजार प्रवाह गरेको छ ।
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ७ करोड ३० लाख १२ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ४ करोड १४ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. ११ करोड २० लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. २ करोड ५७ लाख जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. २३.६४ रहेको छ । यसैगरि प्रतिशेयर नेटवर्थ १२२.९७, तरलता अनुपात ६.२४ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ११६०.५५ रहेको छ ।
प्रतिक्रिया