फरवार्ड माइक्रोफाइनान्सको लोभ लाग्दो प्रगति, प्रति शेयर आम्दानी ९० रुपैयाँ

५ बर्ष अगाडि

काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले चालु आवको पुस मसान्तसम्म रु. २२ करोड ५० लाख १५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले २० करोड ९ लाख ९२ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ६ अर्ब १८ करोड ९३ लाख ४२ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. १४ अर्ब ६ करोड ७९ लाख २१ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा १ अर्ब ११ करोड करोड ६७ हजार व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ६० करोड १५  लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ५० करोड ४ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १ अर्ब १० करोड २८ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ८९.९३ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात २५.७४ गुणा, प्रतिशेयर नेटवर्थ ३२०.३८, तरलता अनुपात १८.१३ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य ३३९६.५७ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया