ग्लोबल आईएमई लघुवित्तको नाफा ह्वात्तै बढ्यो, प्रतिशेयर आम्दानी ७३ रुपैयाँ भन्दा बढी

५ बर्ष अगाडि

काठमाडौं – ग्लोबल आईएमई लघुवित्तले चालु आवको पुस मसान्तसम्म रु. १२ करोड ९ लाख ८० खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले ७ करोड ८७ लाख १२ हजार खुद नाफा कमाएको थियो । त्यो अनुसार अहिले कम्पनीको नाफा उच्च मात्रामा बढेको देखिन्छ । 
समिक्षा अवधीसम्म कम्पनीले रु. १ अर्ब ५९ करोड ३९ लाख १९ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने कम्पनीले रु. ४ अर्ब ४८ करोड ५६ लाख ३९ हजार प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले चालु आवको ६ महिनामा ३० करोड ७७ लाख ५३ हजार व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. १९ करोड ४७ लाख रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडामा रु. १८ करोड ७९ लाख जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. ७३.१३ रहेको छ । यसैगरि मुल्य आम्दानी अनुपात २०.४४ गुणा, प्रतिशेयर नेटवर्थ १४७.६६, तरलता अनुपात १८.६८ र प्रतिशेयर कुल सम्पत्तिको मुल्य १७०७.७१ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया