सशस्त्र प्रहरी हवल्दार घुस रकम सहित नियन्त्रणमा

५ बर्ष अगाडि

काठमाडौं- अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिवासले सशस्त्र प्रहरीको हवल्दारलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । 

प्रहरी हवल्दार श्रवण बस्नेतलाई सोमबार अपरान्ह ४ बजे अख्तियारले स्ट्रिङ अपरेशनले नियन्त्रणमा लिएको हो । 

सशस्त्र प्रहरीको गौशाला रामनगर स्थित बेसक्याम्पमा कार्यरत बस्नेतले सेवाग्राहीलाई जंगलबाट काठ दाउरा ओसार पसार गर्दा सहजिकरण गरिदिने भन्दै लिदै गरेको १५ हजार घुस रकम सहित पक्राउ गरेको हो । 

अख्तियारको बर्दिवास कार्यालयका प्रवक्ता मणिराम ज्ञवालीले पक्राउ परेका बस्नेतलाई आवश्यक कारबाहीको लागि टंगाल कार्यालय काठमाडौं पठाएको बताएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया