आईएमई लाईफले कमायो साढे ७ करोड नाफा, बीमाशुल्क संकलन कति ?

५ बर्ष अगाडि

काठमाडौं – आईएमई लाईफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ७ करोड ४० लाख ५१ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. ६ करोड १२ लाख ११ हजार खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीले यस ६ महिनामा रु. १ अर्ब २३ करोड ७२ लाख कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधीमा कम्पनीले रु. ६१ करोड ७२ लाख ९३ हजार खुद बीमाशुल्क संकलन गरेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ४० करोड रहेको छ । यस्तै, जगेडामा रु. ४२ करोड ७० लाख, जीवन बीमा कोषमा रु. २ अर्ब ९ करोड ८३ लाख रुपैयाँ रकम जम्मा भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया