वोमी लघुवित्तको नाफा २६.६७ प्रतिशत बढ्यो ,अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं-  वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५ करोड ३१ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १५ लाख रुपैयाँ अर्थात २६.६७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ करोड ९९ लाख रुपैयाँ घटेर ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १ करोड ८२ लाख रुपैयाँ बढेर ८ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा ३६ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ ।

चालु आवको पुसमसान्तसम्म लघुवित्तले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप र १ अर्ब ३० करोड रुपैयाँ सापटीबाट ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५९ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.०७ गुणा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया