नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद माघ ३० सम्म

५ बर्ष अगाडि

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने  म्याद लम्बिएको छ । अब बैंकको ऋणपत्रमा माघ ३० गतेसम्म आवेदन भर्न पाइनेछ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरमा बिक्री गर्नेछ । १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता (सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको ८० हजार कित्ता समेत) ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् । 

 बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाउनेछन् । वाणिज्य बैंकहरुले निक्षेपकर्तालाई १ वर्षको ६ देखि अधिकतम ८ प्रतिशत ब्याज दिँदै आएका छन् भने बचतको व्याजदर औसतमा २ प्रतिशत छ ।

 निष्काशित सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने ऋणपत्रको निष्काशन ढिलो मिति अर्थात माघ ३० गतेसम्म खुला रहने ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङले जनाएको छ । उक्त ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ ।
ऋणपत्र निष्काशनका लागि बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट मंसिर १८ गते अनुमति दिएको थियो।

बैंकले यसअघि बिक्री गरेको ७५ करोड रुपैयाँ बराबरको ऋणपत्र आगामी वर्ष र २ अर्ब रुपैयाँ बराबरको अर्कोऋणपत्र २०८२ सालमा परिपक्व हुनेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया