काठमाडौं- समृद्धि फाइनान्स कम्पनी लिमिटेडले थप दुई शाखा बिस्तार गरेको छ ।
पोखरा महानगरपालिका वडा–४ स्थित चिप्लेढुंगा र भरतपुर महानगरपालिका वडा–१ स्थित मिलनरोड नारायणगढमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
नयाँ शाखासहित कम्पनीका शाखा सञ्जाल ५ पुगेका छन् । कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायत सेवा दिइँदै आएको बताएको छ ।
प्रतिक्रिया