नेपाललाई भारतद्धारा १५ अर्ब ८७ करोड अनुदान

५ बर्ष अगाडि

काठमाडौँ - भारतले नेपाललाई ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड नेपाली रुपैयाँ) अनुदान दिने भएको छ । भारते आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक गर्दै उक्त रकम अनुदानमा दिने भएको हो । 

अप्रिल १ देखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नेपालसहित यस क्षेत्रका १० देशहरूमा ६२ अर्ब ५१ करोड भारतीय रूपैयाँ अनुदान दिने भएको छ । जसमा नेपालले यसमध्ये ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड नेपाली रुपैयाँ) अनुदान पाउने भएको हो । 

गत वर्ष नेपालको अनुदान ८ अर्ब भारु थियो । २०१९–२० मा भारतले १२ अर्ब भारु अनुदान दिएकोमा अघिल्लो वर्ष उल्लेख्य घटाएको थियो । आगामी आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदान बढाए पनि २०१९–२० को भन्दा कम रहेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया