काठमाडौं - पिपुल्स पावर कम्पनीको साधारण सभा सम्पन्न भएको छ र कम्पनीको तेस्रो वार्षिक साधारण सभा माघ १८ गते कम्पनीको कार्यालयमा सम्पन्न भएको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आइपीओ निष्कासनकोे सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले ४ दशमलव ९६ मेगावट क्षमताको पुवाखोला जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ८० प्रतिशत भन्दा धेरै सकिसकेको जानकारी गराएको छ ।
प्रतिक्रिया