सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

५ बर्ष अगाडि

काठमाडौं - सनराइज बैंक लिमिटेडले थप २ नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले रामेछापको मन्थली नगरपालिका ११ सावाडाँडाको गेलुमा र उमाकाण्ड गाउँपालिका ७ भुजिमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शनिबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै मन्थली नगरपालिका उप–प्रमुख माया कुमारी कार्की र उमाकाण्डमा वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थितिमा शाखाको विस्तार भएको थियो ।

बैंकको शाखारहित बैकिङ सेवाको सख्या यो दुई शाखा थप गरि ६८ पुगेको बैंकले जनाएको छ । 

बैंकले हालसम्म १३९ शाखा, ६८ शाखारहित बैंकिङ सेवा, १२ एक्टेन्सन काउण्टर र १६१ एटिएममार्फत ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया