काठमाडौं- नेपाल प्रहरीले दुई लाख रुपैयाँ ठगी गरेका आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक ६ बस्ने सिन्धुली सुनकोशी ४ घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक ६ नै बस्ने रामेछाप सुनपाती ७ का २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले तामाङलाई शुक्रबार र ग्याल्छेन लामालाई शनिबार पक्राउ गरेको हो ।
प्रतिक्रिया