काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार (माघ २० गते) १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले भोलि बोलकबोल मार्फत सो बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । भोली ३ बजे ऋणपत्रको बिषयमा बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त विकास ऋणपत्र उठाउन लागेको हो । राष्ट्र बैंक ६ बर्षको अवधीको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रको नाम विकास ऋणपत्र २०८३ ग राखिएको छ ।
उक्त ऋणपत्र बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था नेपाली नागरिकहरुले खरिद गर्न सक्नेछन् । उनीहरुले घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सिमामा नबढाईं रु. ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनुपर्ने छ ।
ऋणपत्रमा प्राप्त आवेदनको आधारमा भोली बोलकबोल हनेछ । बिशेषगरि बोलकबोल मार्फत नै व्याज निर्धारण गरिने छ । र आगामी माघ २१ गतेदेखि ऋणपत्रको अवधी सुरु हुनेछ । यसमा अर्धबार्षिक रुपमा नै व्याज भुक्तानी गरिने छ । सावा भने २०८३ माघ २१ गते भुक्तानी गरिने छ ।
यसमा खरिदकर्ताहरु प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा सहभागी हुने सक्ने छन् । अप्रतिस्पर्धीहरुका लागि १५ प्रतिशत रु. १ अर्ब ५० करोड छुट्टाइएको छ । यसबाहेकको रहम प्रतिस्पर्धी खरिदकर्तालाई छुट्टाईको छ ।
प्रतिक्रिया