हालै आईपीओ निष्काशन गरेको निफ्राको सीईओ तलव कति ?

५ बर्ष अगाडि

काठमाडौं – हालै ८ अर्बको आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (सीईओ) का पुर्व प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले गत आवमा रु. १ करोड ३२ लाख  तलव बुझेका छन् । बैंकले एक सरकारी निकायमा बुझाएको एक प्रतिवेदनले यस्तो देखाएको छ । 
हाल उनी उक्त बैंकबाट अवकास भइसकेका छन् भने राम कृष्ण खतिवडा नयाँ सीईओको रुपमा नियुक्त भएका छन् । उनको तलव सुविधा पनि सोही बराबर नै भएको हुन सक्ने बताइएको छ । 
यस्तै, बैंकले नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई रु. ९४ लाख २६ हजार तलव बझुेका छन् । 
यस्तै, नायव महाप्रवन्धक सुर्य बहादुर तामाङले रु. ६२ लाख ८८ हजार र नायव प्रवन्धक नै विनयनाथ न्यौपानेले रु. ६२ लाख ७६ हजार तलव बुझेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया