गणपति लघुवित्त वित्तीय संस्थाले बोलायो साधारण सभा, लाभांश कति ?

५ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाको आह्वान गरेको छ । सँस्थाले फागुन २८ गते आफ्नो चौंथो वार्षिक साधारण सभा बोलाएको हो ।

साभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजे बाट सुरु हुँदै छ । सभाले आर्थिक वर्ष २०७६.७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश शेयरधनीहरूलाइ वितरण गर्न प्रस्ताव पारीत गर्नेछ ।

त्यसैगरी वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले फागुन १४ गते शुक्रबार देखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया