काठमाडौं- सिर्जना फाईनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाईनान्सले २ करोड ३२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० लाख ९ हजार अर्थात २५.६१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाईनान्सले ३ करोड १२ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ६६ लाख रुपैयाँ बढेर १८ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत आवको सोही अवधीसम्म फाईनान्सले १३ करोड ४९ लाख रुपैंया बराबरको खुद आम्दानी गरेको थियो । ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अन्त्यसम्ममा ८४ करोड ७८ लाख चुक्ता पूँजी रहेको यस फाईनान्सको जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधीसम्म फाईनान्सले ८ अर्ब ९१ करोड ३३ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । फाईनान्सले गत आवको सोही अवधीसम्म ७ अर्ब ३१ करोड ३० लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । यस्तै फाईनान्सले समीक्षा अवधीसम्म ६ अर्ब २० करोड ९४ लाख रुपैंया बराबरको कर्जा प्रवाह भएको छ ।
सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी रु ५.४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ रु १३७.१३ पैसा रहेको छ।
प्रतिक्रिया