काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको सोमवार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिनेछ ।
कोरोना महामारीका कारण बैशाखमा हुने भनिएको १२ को परीक्षा ९ मंसिरबाट शुरु भएको थियो । परीक्षामा देशभरबाट ४ लाख बढी विद्यार्थीहरु सहभागी रहेका थिए ।
प्रतिक्रिया