घट्यो ललितपुर फाइनान्सको नाफा, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं – ललितपुर फाइनान्स कम्पनीले चालु आवको पुससम्म रु. २ करोड ८ लाख ८२ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको भन्दा लगभग आधा नै बढी हो । गत आवको समिक्षा अवधीमा कम्पनीले रु. ४ करोड ६५ हजार खुद नाफा कमाएको थिये । हाल कम्पनीको वितरण योग्य नाफा भने १ करोड ६२ लाख ८२ हजार रहेको छ । 
समिक्षा अवधीसम्म कम्पनीले रु. २१ करोड ६८ हजार ३९ हजार निक्षेप संकलन गरेको छ । यस्तै, समिक्षा अवधीसम्म कम्पनीले रु २ करोड ९५ लाख ५८ हजार कर्जा प्रवाह गरेको छ । 
प्रवाहित कर्जाबाट कम्पनीले पुस सम्म ९७ लाख १९ हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने ११ लाख ९३ हजार रहेको छ । 
हाल कम्पनीको चुक्तापुँजी २३ करोड ६८ लाख ७४ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडमा रू. १४ करोड ४५ लाख ४६ हजार जम्मा गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २३.१८ रुपैयाँ रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया