काठमाडौं- सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
बैंकको माघ १६ गते शुक्रबार सम्पन्न भएको उन्नाइसौँ वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस शेयर र करसहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पारित गरेको थियो ।
बैंकले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन अर्थात पुस २७ गतेसम्म हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नै नगद लाभांश जम्मा गरेको हो ।
यस्तै बैंकले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गर्नका लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकको हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया