मेरो माइक्रोफाइनान्सको नाफा पौने ६ करोडले बढ्यो, अन्य परिसुचक कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं-  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको  वित्तीय विवरण प्रकाशित गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १४ करोड ७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ८७  लाख ३७ हजार रुपैंया अर्थात ७१.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ करोड ७ लाख रुपैयाँ बढेर ३० करोड २६ लाख रुपैयाँ पुगेको छ।  गत आवको सोही अवधीसम्म लघुवित्तले २४ करोड १९ लाख रुपैंया बराबरको खुद आम्दानी गरेको थियो । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ५ करोड ५५ लाख रुपैयाँ बढेर १६ करोड ६२ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अन्त्यसम्ममा १ अर्ब चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ८५ करोड ५१ लाख रुपैयाँ हुँदा जगेडा कोषमा २६ करोड ८० लाख रुपैयाँ सञ्चित थियो।

पुस मसान्तसम्ममा लघुवित्तले ७ अर्ब २९ करोड रुपैयाँ सापटी र २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल १० अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। कर्जा लगानी बढेसँगै लघुवित्तको निष्क्रिय कर्जा पनि बढेको छ। ग

सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ५४ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.४२ गुणा रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया