आइएमई जनरल इन्स्योरेन्सको नाफा १२५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

५ बर्ष अगाडि

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले १५ करोड २ लाख  ६६ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनिले ६ करोड ६५ लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आवको सोही अवधीको तुलनामा ८ करोड ३६ लाख रुपैंया 
अर्थात १२५.६६ प्रतिशतले बढी हो । 

कम्पनीकोे चालु आवको पुसमसान्तसम्ममा कुल ७१ करोड १३ लाख ६४ हजार रुपैंया बराबरको बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले ६७ करोड ५४ लाख रुपैंया बराबरको बीमा शुल्क संकलन गरेको थियो । 

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ताँ पुँजी १ अर्ब ८ करोड  १८ रुपैंया बराबर रहेको छ भने जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैया जम्मा रहेको छ । समीक्षा अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु २७.७८ , प्रतिशेयर नेटवर्थ रु १६६.९४ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु २६१.८८ रहेको छ ।

यस्तै कम्पनीको चालु आवको पुस मसान्तसम्म दीर्घकालिन लगानी तथा कर्जा ४२ करोड ७४ लाख रुपैंया बराबर रहेको छ । भने सोही अवधीसम्म अल्पकालिन लगानी तथा कर्जा १ अर्ब ३८ करोड २७ लाख रुपैंया बराबर रहेको छ । 

कम्पनीको आम्दानी चालु आवको पुस मसान्तसम्म ८० करोड ८९ लाख ५६ हजार रुपैंया बराबरको आम्दानी गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको आम्दानी ७१ करोड ६५ लाख ८३ हजार रुपैंया बराबर रहेको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया