प्राइम लाईफ इन्स्योरेन्सकोे नाफा बढ्यो, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं, प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले १९ करोड ३६ लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ । गत आवको सोही अवधीको तुलनामा कम्पनिले १५ करोड ६० लाख रुपैंंया बराबरको खुद नाफा कमाएको थियो । कम्पनीको नाफा गत आवको सोही अवधीको तुलनामा ३ करोड  ७६ लाख रुपैंया बराबरले बढी हो । 

कम्पनीकोे चालु आवको पुुसमसान्तसम्ममा कुल २ अर्ब ३ करोड ३ लाख रुपैंया बराबरको बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीले १ अर्ब ५९ करोड ७४ लाख रुपैंया बराबरको बीमा शुल्क संकलन गरेको थियो । गत आवको सोही अवधीको तुलनामा कम्पनीको बीमा शुल्क संकलनमा २७ प्रतिशतले बढी हो । यस्तै कम्पनीले हालसम्म २० अर्ब ४७ करोड बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको पुस मसान्तसम्म कम्पनीको चुक्ताँ पुँजी २ अर्ब ४१ करोड रुपैंया बराबर रहेको छ भने जगेडा कोषमा ६१ करोड ७२ लाख रुपैया जम्मा रहेको छ । समीक्षा अवधीसम्म कम्पनीको प्रतिशेयर आम्दानी रु १६.०२ , प्रतिशेयर नेटवर्थ रु १३१.६१ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य रु ७२९.९९ रहेको छ ।

यस्तै कम्पनीको चालु आवको पुस मसान्तसम्म  कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा १२ अर्ब 
 ८१ करोड रुपैंया बराबर रहेको छ । भने सोही अवधीसम्म अल्पकालिन लगानी तथा कर्जा   २ अर्ब ३ करोड ८३ लाख रुपैंया बराबर रहेको छ । 

कम्पनीको आम्दानी चालु आवको पुस मसान्तसम्म ४ करोड ६५ लाख ५६ हजार रुपैंयाले बढेर २४ करोड ७२ लाख हजार रुपैंया बराबरको आम्दानी गरेको छ । गत आवको सोही अवधीसम्म कम्पनीको आम्दानी २० करोड ६ लाख रुपैंया बराबर रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया