आज देशभरको मौसम कस्तो रहन्छ ?

५ बर्ष अगाडि

काठमाडौँ – सोमबार देशका पहाडी भूभागमा  मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस बाहेकका अन्य सबै स्थानको मौसम सोमबार सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सोमबार राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।


पहाडमा हिमपात र तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया