१९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत

५ बर्ष अगाडि

भक्तपुरमा १९ वर्षकी किशोरी आफ्नै कोठमा बलात्कृत भएकी छिन् । सर्लाही जिल्ला स्थायी घर भई हाल  भक्तपुर नगरपालिका वडा नम्बर– १०, कमलविनायकमा कोठा लिई अध्ययनरत युवतीलाई सोही स्थानका एक युवकले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।   

आफु कोठामा एक्लै भएको समयमा ३१ वर्षका विकास तजलेले एक्कासी कोठाभित्र प्रवेश गरी चुकुल लगाई डर धाकधम्की दिई बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छिन् । सामान्य चिनजान भएका तजलेले युवती कोठामा एक्लै भएको मौका पारी बलात्कार गरेको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् । 


यहि माघ १६ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा दिएको किटानी जाहेरी दरखास्तको आधारमा तजलेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  तजलेलाई पक्राउ गरी आइतबार जिल्ला अदालत भक्तपुरमा पेश गरी यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया