एन आई सी एशिया लघुवित्त संस्थाले नियुक्ति गर्यो स्वतन्त्र सञ्चालक

५ बर्ष अगाडि

काठमाडौं - एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालक समिति नियुक्त गरेको छ । गत माघ १६ गते बसेको १०२औं सञ्चालक समितिको बैठकबाट स्वतन्त्र संचालकका पदमा सन्जु अधिकारीलाई नियुक्त गरेको हो । 

अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव भएको साथै बैंकिङ क्षेत्र सँग सम्बन्धित विभिन्न लेखहरू प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएकोले उनलाई संस्थाको स्वतन्त्र सञ्चालकको रुपमा चयन गरिएको बैंकले जानकारी दिएको छ ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । 
बैंकले हाल १२० शाखा कार्यालयहरूबाट करिव ४७ हजार सदस्यहरू सहित करिव ३६ हजार कर्जा सेवाग्राहीहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया