‘ओली खुसी थिएनन्, प्रधानमन्त्री दिन्छु भनेपछि मात्रै सहमत भएका थिए ’ :प्रचण्ड

५ बर्ष अगाडि

प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएकोले अहिलेको अवस्था आएको बताएका हुन् । 

उनले संविधान नेपाली जनताको उपलब्धी भएकोले यसको रक्षाको लागि सबै एकजुट हुनुपर्ने पनि बताए । प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधिसभा विघटन गरेको बताउदै ओली समूहमा भएकाहरुलाई लोभी र दलाल भनेका छन् ।  

‘केपी ओलीसँग अब मान्छे छैनन् । केही भ्रम र लोभमा परेर गएका छन् । अझै बीचमा रहेका र भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ,’ रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई लक्षित गर्दै उनले भने, ‘लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ।’ 

पार्टी एकता हुँदा प्रधानमन्त्री खुसी नभएको उनको आरोप छ ।  ‘पार्टी एकता हाम्रो प्रस्तावमा भएको हो। केपी ओली वाम गठबन्धनको पक्षमा पनि थिएनन् वामगठबन्धन र पार्टी एकता गर्दा धेरै खुसी मिलेको थियो,’ उनले भने, ‘तर, ओली खुसी थिएनन् । प्रधानमन्त्री दिन्छु भनेपछि मात्रै ओली सहमत भएका थिए ।’  
 

५ बर्ष अगाडि

प्रतिक्रिया