काठमाडौं - गरिमा विकास बैंकले दुई नयाँ कर्जा योजना सार्वजानिक गरेको छ । बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन उक्त नयाँ कर्जा सार्वजानिक गरेको हो ।
बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन सार्वजानिक गरेको छ ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल भएको परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको परिस्थितिलाई मध्यनजर गर्दै नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
दुबै कर्जा सुविधाहरु ८.८८५ ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शतप्रतिशत गरिमा इजी एसएमई लोनमा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म गरिमा इजी होम लोनमा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया