नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनःस्थापना विकल्प नभएको बताएका छन् । आइतबार प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै बरिष्ठ नेता खनालले प्रतिनिधि सभा पुनःस्थापना विकल्प नभएको बताएका हुन् ।
नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसदको पुनःस्थापना गर्नुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओली फेल भइसकेको भन्दै नेता खनालले प्रधानमन्त्री ओलीको दिनगन्ति शुरु भइसकेको बताए । सरकार पाकेको फलझै झर्ने उनको भनाई छ ।
पुष १४ गतेदेखि माइतिघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भएपनि आगामी संघर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकोले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको नेकपाले जनाएको छ ।
प्रतिक्रिया