गर्लफ्रेण्डकी छोरी बलात्कार गर्ने युवक पक्राउ

५ बर्ष अगाडि

एजेन्सी- आफ्नी गर्लफ्रेण्डकी १८ महिनाकी छोरीलाई एक युवकले बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  बलात्कार गर्ने २५ वर्षका ग्याब्रियल रोबर्ट मारिन्काट नामका ती युवकलाई इटालीको पुलिसले पक्राउ गरेको हो । 

बलात्कारपछि बालिकाको भने मृत्यु भएको छ । घटनापछि १८ महिनाकी बालिका शेरोन बार्नीलाई तत्कालै लोम्बार्डीको बर्गामोमा रहेको अस्पताल पुर्याइएको थियो । 

उनलाई सबैभन्दा पहिले उनकी हजुरआमाले बान्ताले ढाकिएको कपडा लगाएकी र बेहोस अवस्थामा फेला पारेकी थिइन् । शेरोनको जनवरी ११ मा अस्पतालमा मृत्यु भएको थियो । 

उपचारमा संलग्न डाक्टरहरूले उनको शरीरमा यौन हिंसाका सङ्केतहरू भेटेका थिए । डाक्टरहरूले बालिकाको यौनशोषण भएको बताएपछि ती युवक पक्राउ परेका हुन् ।

द सनको रिपोर्टअनुसार अटोप्सी रिपोर्टमा उनीमाथि यौन हिंसा भएको खुलासा भएको थियो । त्यसपछि पुलिसले ग्याब्रियललाई पक्राउ गरेको हो । ग्याब्रियल मृतक बालिकाकी आमाका ब्वाइफ्रेन्ड थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया