'मन्दिर–मन्दिर धाउने गरेका ओली अब कम्युनिष्ट नरहेकाले ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्छन्' : सुरेन्द्र पाण्डे

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सक्ने नेपाल कम्युनिष्ट पार्टी  स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताएका छन्।आइतबार प्रचण्ड–माधव पक्षको माइतीघरमा जारी धर्नामा बोल्दै पाण्डेले ओलीले माघ २३ गते हिन्दुराष्ट्र घोषणा गर्न सक्ने टिप्पणी गरेका हुन्।

 मन्दिर–मन्दिर धाउने गरेका ओली अब कम्युनिष्ट नरहेको बताउँदै पाण्डेले ओली पक्षको २३ गते हुने कार्यक्रमका लागि राजावादीहरूलाई सहभागी हुनका लागि उर्दी जारी भएको उल्लेख गरे।

उनले ओली प्रतिगमनतर्फको यात्रामा रहेको बताए। अहिले उनलाई प्रतिक्रियावादीहरूले मात्र साथ दिएको पाण्डेको टिप्पणी छ। 
 

५ बर्ष अगाडि

प्रतिक्रिया