कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन

५ बर्ष अगाडि

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसंगै विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ६ सय ९५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५५ हजार ७ सय ९३ जना कोरोना मुक्त भएका छन्। 

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया