काठमाडौं – सारथी नेपाल लघुवित्तले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. ५ करोड ११ लाख ९८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ७६ करोड २१ लाख ८१ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने रु. ३ अर्ब ५९ करोड ६६ लाख ९२ हजार प्रवाह भएको देखिन्छ ।
प्रवाहित कर्जाबाट कम्पनीले रु. २१ करोड ७६ लाख ५१ कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ११ करोड ६१ लाख ९८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । तर, कम्पनीले जगेडा कोषमा १५ करोड ४७ लाख ३९ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ४३.५० रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात २५.७५, प्रतिशेयर नेटवर्थ रु. १६५.७४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५२८.००, तरलता अनुपात ५.८६ रहेको छ ।
प्रतिक्रिया