आशा लघुवित्तले कमायो ७ करोड नाफा, कति छ प्रतिशेयर आम्दानी ?

५ बर्ष अगाडि

काठमाडौं- आशा लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड १६ हजार रुपैंया बराबरको खुद नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । 

यो नाफा गत वर्षको भन्दा ४ करोड २९ लाख रुपैंया बराबरले बढी हो । गत वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । 
 
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ६८ लाख ३८ हजार रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ८ करोड २६ लाख  ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो 

हाल लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिशेयर आयर नेटवर्थ १४३.६१ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ५२.४२ रुपैयाँ रहेको छ । 

लघुवित्तले चालु आर्थिक वर्षको पुसमसान्तसम्म ३ अर्ब ४३ करोड ५५ लाख रुपैंया बराबरको निक्षेप संकलन गरेको छ । यस्तै समीक्षा अवधिसम्म लघुवित्तले ३ अर्ब २० करोड ५४ लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया