काठमाडौं – घोडाघोडी लघुववित्तले चालु आर्थिक बर्षको पुस मसान्तसम्म रु. १६ लाख ३५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ४ लाख ४५ हजार खुद नाफा कमाएको थियो ।
समिक्षा अवधीसम्म कम्पनीले रु. ३६ करोड ८१ लाख ९९ हजार निक्षेप संकलन गरेको छ । यस्तै, कर्जा तर्फ भने रु. ३४ करोड १५ लाख ५८ हजार प्रवाह भएको देखिन्छ ।
प्रवाहित कर्जाबाट कम्पनीले रु. २ करोड ५० लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ९४ करोड ४८ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रु. २ करोड ७६ लाख २५ हजार रहेको छ । तर, कम्पनीको जगेडा कोष भने १९ लाख ६२ हजारले घाटामा रहेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ५.९२ रहेको छ । यस्तै, मुल्य आम्दानी अनुपात १४०.२०, प्रतिशेयर नेटवर्थ रु.९२.९०, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १५९६.४०, तरलता अनुपात २.०१ रहेको छ ।
प्रतिक्रिया