काठमाडौं- सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । लघुवित्तले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
यो नाफा गत वर्षको भन्दा १७२.४२ प्रतिशत बढी हो । गत वर्ष लघुवित्तले १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ६ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो
त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा पनि बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ६ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको अवधिमा यो नाफा ८८ लाख २१ ह्जार रुपैयाँ रहेको थियो ।
हाल लघुवित्तको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिशेप्रतिशेयर आयर नेटवर्थ १४४.४१ रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ३७.७० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया