आजदेखि मञ्जुश्री फाइनान्सको ८ वर्षे ऋणपत्र निष्काशन हुदैैँ

५ बर्ष अगाडि

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले आज (माघ १८ गते) देखि ८ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्दैछ। सो ऋणपत्रको नाम ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ।

फाइनान्सले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गर्न लागेको हो।

ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा माघ २१ गते बन्द हुनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २ गतेसम्म लम्बिनेछ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले फाइनान्सलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया