आइतबार देशभरको मौसम कस्तो रहने ?

५ बर्ष अगाडि

काठमाडौँ – आइतबार प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका अन्य स्थानमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविदले बताएका छन्।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

राति पनि प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भूभागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया