भरतपुर सिटीहलको शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बहिस्कार गरेकी छिन् । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको शिलान्यास गर्न आज चितवन गएका ओलीलाई शिलान्यासको नाममा गुटको राजनीति गरेको भन्दै उनले बहिस्कार गरेकी हुन् ।
सिटीहल निर्माणका लागि भरतपुर महानगरपालिकाले जिल्ला समन्वय समितिको नामको जग्गा महानगरको नाउँमा ल्याएको थियो । सोही जग्गामा सिटीहल निर्माण थालिएको हो ।
उक्त शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी भएका थिए ।
प्रतिक्रिया