सुशान्त सिंहका आफन्त माथि गोली प्रहार

५ बर्ष अगाडि

स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्त माथि गोली प्रहार भएको छ । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा यामहा शोरुमका मालिक राजकुमार सिंह तथा उनका सहयोगी माथी गोली प्रहार भएको हो । शनिबार मोटरसाइकलमा सवार हतियारधारीहरुले  अन्दधुन्ध गोली चलाउदा उनीहरु घाइते भएका छन् ।

घटनामा राजकुमारका सहयोगी आमिर हसन पनि घाइते भएका छन् ।  आमिरको अवस्था गम्भीर छ ।  घटनालगत्तै परिवारले राजकुमार सिंह र उनका सहयोगीलाई उपचारका लागि गंगजला चोकस्थित निजी क्लिनिकमा भर्ती गरेको छ । राजकुमारको खुट्टामा गोली लागेको छ, अर्का घाइते बैजनाथपुर निवासी आमिर हसनको कम्मरमा गोली लागेको छ र अवस्था गम्भीर छ । 


राजकुमार सिंहले सहरसा र मधेपुरामा यामहाको शोरुम सञ्चालन गर्छन् । शनिबार बिहान झन्डै १० बजे उनी आफ्ना सहकर्मी आमिरसँग मधेपुरास्थित बाइक शोरुम खोल्नका लागि घरबाट हिँडेका थिए । सोही क्रममा बैजनाथपुरदेखि केही किलोमिटर अगाडि पुग्नासाथ उनलाई बाइकमा सवार तीनजनाले ओभरटेक गरे । त्यसपछि उनीहरुले कयौं राउन्ड गोली हाने । जसमध्ये एउटा गोली राजकुमार र अर्को आमिरलाई लाग्यो । 


सुरुमा त पुलिसलाई सहरसा जिल्ला र मधेपुरा जिल्लामध्ये कहाँ गोली चल्यो भनेर निश्चय गर्नमै समस्या भयो । त्यसपछि बैजनाथपुर पुलिस शिविर प्रभारी सञ्जिव कुमार घटनास्थलमा पुगे र छानविन सुरु भएको छ । उनीहरु  स्वर्गीय अभिनेता सुशान्त सिंहका आफन्त रहेका छन्  । 

५ बर्ष अगाडि

प्रतिक्रिया