काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ५० हजार कित्ता संस्थापक समूहका सेयर बिक्री गर्न लागेको हो ।
संस्थापक सेयर बिक्री गर्दा सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थाका सेयरधनिहरुको लागि यो सुचना जारी गरेको बैंकले जनाएको छ ।
शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरि निवेदन दिन आग्रह बैंकले गरेको छ ।
साथै थप जानकारीका लागि डेभलपमेन्ट बैंकको शेयर विभागमा सम्पर्क गर्न सकिने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया