ओली समूहका नेताले गरे  निर्माण भइरहेको पुलको पुन: शिलान्यास

५ बर्ष अगाडि

रोल्पामा विकास निर्माणको कामको जस लिन धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरिएको पाइएको छ ।  सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । पोखरेलले शनिबार ९आज० पुल शिलान्यास गर्ने कार्यक्रम छ । 

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक÷राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको भएर निर्माणकार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी  दिए । 


लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माणकार्य सुरु भएको थियो । उनका अनुसार २५प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ । 


सामान्यतयाः कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ  । तर, २५प्रतिशत निर्माणकार्य सकिएको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आपत्ति जनाएको छ । 

नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन ९सिजल० ले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली पक्षको भेला आयोजना गरिएको टिप्पणी गरे । ‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन’,  पुनले भने, ‘सरकारका साधनश्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तारको प्रयास भएको छ । निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए । उनले यसअघि मूख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे । 

५ बर्ष अगाडि

प्रतिक्रिया