प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा चितवनमा टायर बालीएको छ । प्रधानमन्त्री ओलीका विरुद्ध नेकपाकै दाहाल नेपाल समूहले टायर बालेर विरोध गरेको हो ।
बिहानैदेखि अनेरास्ववियू चितवन ९दाहाल नेपाल समूह० का विद्यार्थीहरुले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।
उनीहरुले लायन्सचोक देखि पुल्चोक हुँदै पोखरा बसपार्क सम्म सडकभरि असंवैधानिक कदम खारेज गरे लगायत प्रधानमन्त्री ओलीविरुद्ध नारा लेखिएको पर्चा छरेका थिए ।
यस्तै प्रधानमन्त्री सुरक्षाका लागि चोक(चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन्। उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ । उनी सवार हेलिकोप्टर केहीबेरमा ल्याण्ड हुने बताइएको छ।
प्रतिक्रिया