सिवाईसी नेपाल लघुवित्तले माग्यो भारी सङ्ख्यामा कर्मचारी

५ बर्ष अगाडि

काठमाडौं - सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भारी सङ्ख्यामा कर्मचारीको माग गरेको छ । 
 
संस्थाले अधिकृत, प्रबन्धक, शाखा प्रमुख, सवारी चालक, कार्यालय सहयोगी लगायतको पदमा कर्मचारी आह्वान गरेको हो ।

व्यवस्थापकीय श्रेणीमा २१ वर्ष पुरा भई ४५ वर्ष नाघेको अधिकृत श्रेणीमा २१ पुरा भइ ४० वर्ष नाघेको, बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक श्रेणीमा १८ वर्ष पुरा भई ३५ वर्ष नाघेको र सहायक श्रेणीमा १८ वर्ष पुरा भइ ४० वर्ष नाघेका नागरिकहरूले आवेदन दिन पाउने छन् ।
 
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले विज्ञापनमा दिइएको ठेगानामा पुग्ने गरी २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया